पोखरा – विवादकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको छ ।


ADVERTISEMENT


आइतबार प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतविभाजनका क्रममा अधिकारीले ३० मत पाएका थिए ।


ADVERTISEMENT

# # #


सभामुख कृष्ण धितालले आफूसहित प्रदेशसभामा ६० सदस्य रहेको र आवश्यक परेको खण्डमा आफूले पनि मत दिन पाउने अधिकार आफूसंग सुरक्षित रहेको जानकारी गराउँदै अधिकारीलाई परेको ३० मत प्रदेशसभाको बहुमत भएको भन्दै विश्वासको मत पारित भएको घोषणा गरेका थिए ।

त्यस्तै उनले विश्वासको मत पाएको घोषणा गर्दा सर्वोच्चको आदेश समेत सुनाएका थिए । विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत तथा २ मत तटस्थ परेको थियो । त्यसपछि कांग्रेसले कालो झण्डा देखाउँदै नाराबाजी गरेको छ ।

मुख्यमन्त्री अधिकारीलाई एमालेको २२, माओवादीको ७ र स्वतन्त्र सांसदको १ मत परेको थियो भने विपक्षमा कांग्रेसको २७ मत परेको थियो । त्यस्तै राप्रपा तटस्थ बसेको थियो । मतदानमा ५९ सांसद सहभागी थिए ।