काठमाडौँ– कतारमा रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादव भ्रमण छोट्याएर आजै स्वदेश फिर्ता हुने भएका छन् ।


ADVERTISEMENT


जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष समेत रहेका उनी पार्टी विभाजनको सूचना पाएपछि उनले कतारको राजधानी दोहाबाट आजै राति काठमाडौं प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


वर्तमान सरकारमा स्वास्थ्यमन्त्री समेत रहेका यादव गत हप्ता अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा पाँच दिन र कतारमा दुई दिनको कार्यक्रम थियो ।

उनी कतार अमेरिकाबाट कतार आएकै दिन जसपाका अशोक राई नेतृत्वको समूहले अलग पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । शुक्रबार अमेरिका उडेका यादव स्वदेश नफर्कदै राईसहित रेनु यादव, प्रदीप यादव, नवलकिशोर साह सुढी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र शुसिला श्रेष्ठले दल विभाजन गरेका हुन् ।

उनीहरुले नयाँ पार्टीको नाम पुरानो दलबाट नेपाल शब्द हटाएर जनता समाजवादी पार्टी राखेका छन् ।