काठमाडौँ– हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने गरी ल्याइएका दुई वटा विधेयकलाई दफावार छलफलका संसदीय समितिमा पठाइएको छ ।


ADVERTISEMENT


आइतबार बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ लाई दफावार छलफलको लागि सम्बन्धीत समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्तावलाई स्वीकृत गरेको छ ।


ADVERTISEMENT

# # #


विधेयकमा अहिले विद्यमान रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फरक–फरक संस्था बनाउने व्यवस्था गरिएको छ । हाल नागरिक उड्डयन प्राधिकरण समग्र हवाई क्षेत्रको नियमक निकायको रुपमा रहेको छ ।