काठमाडौँ – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतमले एमाले फर्कने आफ्नो प्रस्तावमा केपी ओली सकारात्मक नदेखिएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै गौतमले ओलीकै अगाडी आफुले एमाले आउन आतुर रहेको बताए पनि ओलीले भने त्यसलाई गम्भीरतापूर्वक लिएको नदेखिएको बताएका हुन् । गौतमले आफ्नो प्रस्तावमा ओलीले अहिले नै पार्टीमा आउनुहोस भन्ने अपेक्षा गरे पनि पार्टीमा आउन चाहने सबैलाई स्वागत छ भनेर आफ्नो प्रस्तावलाई गम्भीर नलिएको महसुस भएको धारणा राखे ।


ADVERTISEMENT

# # #


एमालेले फर्काउन चाहने हो भने आफू तयार रहेको उनले बताए । पार्टीमा हुने र पार्टीबाहिर हुनेमा धेरै फरक पर्ने भएकाले त्यसलाई महसुस गर्दै आफु एमाले आउन चाहेको उहाको भनाइ छ ।