काठमाडौँ – अशोक राईको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ । राई नेतृत्वको समूहले आइतबार आयोगमा दल दर्ताका लागि आवेदन दिएका थिए । सोही अनुसार आयोगले सोमबार दलर्ताका गरेको हो ।


ADVERTISEMENT


आयोगका प्रवक्ता रामदत्त पाण्डेयका अनुसार राईको निवेद अध्ययन गरी ‘जनता समाजवादी पार्टी’ नामक दल दर्ता गरी अभिलेखीकरण गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


‘आयोगमा परेको निवेदनबमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखिकरण गर्ने भनेर आयोगले निर्णय गरेको छ,’ उनले भने ।