-बिमा विज्ञ विक्रान्त पाण्डे


ADVERTISEMENT


काठमाडौँ– भविष्यमा आईपर्न सक्ने विभिन्न घटना तथा दुर्घटनाबाट पर्ने आर्थिक भार कम गराउन सुरक्षित तवरले गरिने पूर्व तयारी नै जीवन बीमा हो । सरल रुपमा यसलाई आर्थिक जोखिमको वैज्ञानिक हस्तान्तरण भनेर पनि बुझिन्छ ।


ADVERTISEMENT

# # #


जसअन्र्तगत बीमामार्फत एक नीति धारकले वित्तीय सुरक्षा वा बीमा कम्पनीबाट घाटा विरुद्ध प्रतिपूर्ति प्राप्त गर्दछ।

जोखिम बढ्नु बीमाका लागि लाभदायक होइन, तसर्थ सम्पूर्ण बीमा कम्पनीहरुले ग्रहण गरेको जोखिमलाई न्युनिकरण गर्ने कार्यम लाग्नु पर्ने समय आइसकेको छ ।

जीवन होस् या निर्जिवन जोखिम जताततै छ, जसरी औषत मृत्युदर घट्नु र औषत आयु बढ्नु जीवन बीमाको हकमा जोखिम न्युनिकरण हो भने दुर्घटना कम हुनु निर्जिवन बीमाको हकमा जोखिम न्युनिकरण हो ।

जोखिम न्युनिकरणको धेरै उपायहरु संसारभर अवलम्बन भइरहेका छन् । हाम्रो जस्तो मुलुक जहाँ दुर्घटना नै कारणले हजारौं मानिसले ज्यान गुमाइरहेका छन् भने धनको क्षति त्यत्तिकै मात्रामा भइरहेको छ ।

कमजोर संरचनाको कारणले भूकम्पमा ठूलो जनधनको क्षति भइरहेको छ भने अव्यवस्थित आवासका कारण बाढी पहिरोको कारण पनि उत्तिकै मात्रा जनधनको क्षति भइरहेको छ । जोखिपूर्ण सडक र सवारी साधनको लापरबाहील सडक यातायात झन् डरलाग्दो भएको छ ।

यसर्थ घटना तथा दुर्घटनाले पुर्‍याउने आर्थिक क्षति केही हदसम्म परिपूर्ति गराउनका लागि पनि जोखिम न्यूनिकरणको महत्व रहेको छ भने यसका फाइदा, उपाय र प्रयोग सम्बन्धमा आम सचेतनाको आवश्यक छ ।