काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेसले राजनीतिक अस्थिरता निम्ताउन खोजेको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसदलाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थिरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


बैठकपछि सहप्रवक्ता मनीष झाले विभिन्न मुद्धा लागेका कांग्रेसका सांसदलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने तर उजुरी नै नपरेको व्यक्तिलाई लखेटिरहने कांग्रेसको कदमले मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने बताए ।

उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनेमा पार्टी प्रष्ट रहेपनि यस बिषयमा सत्तापक्षले गर्ने सर्वदलीय निष्कर्षलाई भने स्वीकार गर्न सकिने धारणा राखे । बैठकमा संसदको आगामी अधिवेशनको तयारी र बजेटका विषयमा छलफल भएको उनले जानकारी दिए ।

बैठकमा पार्टी सभापति रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाकाबारे जानकारी गराउँदै कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरेको बताए ।

उनले देश र जनतालाई केन्द्रमा रहेर पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले त्यही अनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका थियो ।