काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण सम्बन्धी प्रभावकारी नीति कार्यन्वयनको आवश्यकता रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार ललितपुरमा आयोजित नेपाल सेल्टर फोरममा बोल्दै जोशीले प्राकृतिक प्रकोपबाट पीडित भइरहने अवस्था रहेको भन्दै क्षति न्यूनीकरण सम्बन्धी प्रभावकारी नीति कार्यन्वयनको आवश्यकता रहेको बताएका हुन् । उनले बाढीपहिरो, चट्याङ, वनडढेलो जस्ता प्राकृतिक प्रकोपका कारण बर्सेनी धनजनको क्षति भइरहेको अवस्था नयाँ तवरबाट तयारी गर्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


मनसुनसमेत नजिकिँदै गरिरहेको र यसले भूकम्पपीडितलाई अझै प्रभावित पार्न सक्ने भन्दै उनले राहत वितरणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

मन्त्री जोशीले विगतमा गरिएको पुनःनिर्माणको काम प्रशंसनीय रहेको भन्दै अब पनि पुनःनिर्माणको कामलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले संघीय सरकारले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा विपद् राहत उपलब्ध गराउने भनिए पनि क्षमताको अभावले फलदायी हुन नसक्ने देखिएको धारणा राखे ।