काठमाडौँ– इलाम – २ बाट उपनिर्वाचनमा निर्वाचित नेकपा एमाले सांसद सुहाङ नेम्वाङले शपथ ग्रहणगरेका छन् ।


ADVERTISEMENT


उनलाई सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेम्वाङ विजयी भएका थिए । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।

सुहाङले २७ हजार ७७२ भोट पाउँदा कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिएका थिए ।