काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिलेजस्तै निरन्तर चलिरहने बताएका हुन् । उनले पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए ।


ADVERTISEMENT

# # #


रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिक रुपमा सवल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । त्यस्तै उनले नारायणहिटिलाई इतिहासलाई झल्काउने गरि संग्रहालयको रुपमा थप विकासित गर्नुपर्ने र त्यहाल रहेका सरकारलाई कार्यालयलाई हटाउनुपर्ने बताए ।

उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउदै अघि बढ्नुपर्ने धारणा राखे ।