काठमाडौँ – कोशी प्रदेश सरकारले आगामी जेठ ११ गते कोशी प्रदेशसभाको बजेट अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।


ADVERTISEMENT


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले २०८१ जेठ ११ गते प्रदेशसभाको बजेट अधिवेशनका लागि सिफारिस गरेको कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रदेश सरकारका मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङलाई अधिवेशन आव्हानका लागि पत्र हस्तान्तरण गरेको उनले बताए ।