काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले खर्च र हिसावको पारदर्शीता भए देशमाथिको विश्वासनियता बढ्दै जाने बताएका छन् ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कुनै देशले सहयोग गर्दा देशको खर्च र हिसाबको पारदर्शिता हेर्ने भएकाले यसमा पारदर्शीता भए देशमाथिको विश्वश्नीयता बढ्दै जाने बताएका हुन् ।

उनले ठूला आयोजनामा हुनसक्ने फर्जि बिल र अनियमितता लेखापरिक्षणबाटै हुने भएकाले यस क्षेत्रको धेरै महत्व रहेको धारणा राखे ।  पारदर्शिता र सुशासन एक अर्काका पुरक भएको भएको भन्दै उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गरे ।

मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा लिन सकेको उनले बताए । उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेकालेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको धारणा राखे ।

त्यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले नयाँ पुस्ताका लेखा परिक्षकहरुले राष्ट्रको आर्थिक बिकासमा लेखाको महत्वकाबारे देखाएको चासो महत्वपूर्ण रहेको बताइन् । उनले आर्थिक ज्ञानको बारेमा जानकारी गराउन सके मुलुकको आय व्ययको अवस्था जनताले थाहा पाउन सक्ने धारणा राखिन् ।  मन्त्री साहले नेपालका लेखा परिक्षकहरुलाई पलाउन हुनुपर्ने अवस्थाबाट रोक्न आवश्यक भूमिका खेल्ने उल्लेख गरे ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसारका लगानीकर्तालाई आमन्त्रण गर्न गरिएको लगानी सम्मेलनले आशा पलाएको धारणा सुनाए । मुलुकमा आर्थिक सुशासन कायम गर्न चार्टर्ड एकाउण्टेण्ट्स संघको भूमिका अपरिहार्य रहेको उनले बताए ।

आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न संघले राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो ।