गुल्मी– हवाई इन्धनको मूल्य वृद्धि भएपछि रेसुङ्गा-काठमाडौंको हवाई भाडा वृद्धि भएको छ ।


ADVERTISEMENT


बढेको भाडा दर अनुसार अब गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३ सय १ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५ सय १ रुपैयाँ भाडा कायम भएको रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताए ।


ADVERTISEMENT

# # #


यसअघि गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको थियो । हाल गुल्मीमा नेपाल एअरलाइन्सको टुइनअटर जहाजले साप्ताहिक तीन उडान गर्दै आएको थियो ।

रेसुङ्गा विमानस्थलबाट यात्रुको चापलाई मध्यनजर गर्दै एक दिन उडान थप गरिएको छ । विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको थियो ।

अब साप्ताहिक रुपमा शनिबार थप गरेर हप्ताको चार पटक उडान गरिने भएको हो । विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट व्यवसायीक उडान हुँदै आएको हो ।