झापा – प्रहरीले झापामा बैंक तोडफोड गरेको आरोपमा दुर्गा प्रसाईका कार्यकर्तालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत आज बिर्तामोडमा आयोजित र्‍यालीमा समर्थकले दुई बैंकमा तोडफोड गरेका थिए । सो क्रममा प्ररहीले ४ जनालाई पकउ गरेको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार बिर्तामोड–५ को सिटी सेन्टरअगाडिबाट सुरू भएको उक्त र्‍याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२-१५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् ।

प्रहरीले उनीहरुलाई बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थाकै पक्राउ गरेको थियो ।