काठमाडौँ – नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक (डीआईजी)द्वय उमेश राज जोशी र भीम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा भएका छन् ।


ADVERTISEMENT


बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि गृहमन्त्रालयको बढुवा सिफारिस समितिले वैशाख ३ गते जोशी र ढकाललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक छन् भने ढकाल हाल केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा रहेका छन् । एआईजीद्वय सन्दीप भण्डारी र मिरा चौधरी उमेरहदका कारण अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको पदमा उनीहरुलाई बढुवा गरिएको हो ।