काठमाडौं-इन्टरनेटमा अत्यधिक पहुँच बढेसँगै सहरी क्षेत्रका बालबालिका अनलाइन यौन दुव्र्यवहारको उच्च जोखिममा परिरहेका छन् ।


ADVERTISEMENT


बालबालिकाले अनलाइनमार्फत अपरिचित व्यक्तिबाट अश्लील फोटो/भिडियो आउने, नग्न तस्बिर माग्ने, अनावश्यक भेट्न बोलाउने, धम्की दिनेजस्ता दुव्र्यवहार खेप्ने गरेका छन् ।


ADVERTISEMENT

# # #


कामकाजी अभिभावकले बच्चालाई समय दिन नसक्दा मोबाइल, ट्याब र ल्यापटपजस्ता सामग्री किनिदिने गरेका छन् ।तिनमा बालबालिकाहरूले गेम खेल्न, च्याट गर्न, गीत सुन्न स्कुलको गृहकार्य गर्न इन्टरनेट चलाउने गरेका छन् ।

तर ती सामग्रीको सदुपयोग वा दुरुपयोग गरेकोबारे अभिभावकले चासो नदिँदा उनीहरू अनलाइन यौनहिंसाको सिकार बनिरहेको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालको भनाइ छ ।

बालकल्याण समितिको बाल हेल्पलाइनमार्फत यस आर्थिक वर्षमा मात्रै १७ वटा अनलाइन बाल यौन दुव्र्यवहारका घटना दर्ता भएका छन् ।

सबै घटनामा बालिका मात्रै पीडित भएको हेल्पलाइन कार्यक्रम अधिकृत सागर भण्डारीले बताए ।-आजको कान्तिपुर दैनिकबाट