एजेन्सी – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चका दुई न्यायाधीशको इजलासले अन्तरिम जमानत दिएको हो ।


ADVERTISEMENT


अदालतले उनलाई २ जुनमा फिर्ता आउन समेत आदेश दिएको छ । मार्च २१ देखि हिरासतमा रहेका अरविन्द केजरीवालले अब जुन २ सम्म लोकसभा चुनावको प्रचार गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


अन्तरिम जमानतको घोषणा गर्दा अदालतले केजरीवालको गिरफ्तारीलाई चुनौती दिने सम्पूर्ण मुद्दाको सुनुवाइ चाँडै टुङ्गिने बताएको छ।

अदालतले भनेको छ, ‘हामी छिट्टै यस मुद्दाको सुनुवाइ गरेर टुंगो लगाउने प्रयास गर्नेछौँ । लिखित आदेश आउन बाँकी छ, त्यसपछि मात्रै अन्तरिम धरौटीको अवस्था थाहा हुनेछ । अदालतले केजरीवाललाई छिट्टै रिहा गर्नका लागि जेल प्रशासनमा जमानत बुझाउनुपर्ने भनेको छ।

अगस्त २०२२ मा दर्ता भएको मुद्दामा केजरीवाललाई डेढ वर्षपछि पक्राउ अदालतले जनाएको छ । चुनावको मुखैमा किन पक्राउ गरयो भन्ने जिज्ञाशाबारे सर्वोच्का न्यायाधीश सञ्जीव खन्नाले भने, “पक्राउ पहिले वा पछि हुन सक्छ। २१ दिनले के फरक पार्छ ?’

सर्वोच्च अदालतमा यस मुद्दामा अरविन्द केजरीवालको पक्षमा रहेका अधिवक्ता शदान फरासातले मिडियालाई भने, ‘ूअदालतले संक्षिप्त आदेश दिएको छ। हामीले लिखित आदेश अहिलेसम्म देखेका छैनौं। हामी बुझ्छौं कि वेबसाइटमा अपलोड गरिनेछ। अन्तरिम आदेशमा अदालतले अरविन्द केजरीवाललाई चुनावको अवधिमा के बोल्ने र के नबोल्ने भन्नेमा कुनै बन्देज नरहेको बताएको छ, निर्णय हेरेपछि मात्रै प्रतिक्रिया दिन सकिनेछ ।’