काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छानबिन का संसदिय समिति बन्नुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले सो कुरामा जोड दिएका हुन् ।


ADVERTISEMENT


सभामुख घिमिरेले समय दिएपछि बोलेका थापाले समयमा मागेर बोल्ने चाहाना नभएपनि सदनमा घाँटी निमोठ्ने तयारी हुँदैछ भन्ने अनुमान भएको सुनाए । आफूले केही समयअघि गृहमन्त्री रविले सभा बन्द भएपनि केही फरक नपर्ने अभिव्यक्ति दिएको सुनेको उनको आरोप छ । ‘भर्खर–भर्खर आउनु भएको धेरै कुरा थाहा नभएको हो की जस्तो पनि लागेको हो’, उनले भने ।


ADVERTISEMENT

# # #


सदनमा बनेको दृश्यमा कांग्रेस जिम्मेवार नभएको भन्दै उनले जे गर्ने सोच राखिएको छ त्यसको मूल्य सबैले चुकाउनुपर्ने जनाए । सो विषयलाई हल्का नठान्न भन्दै उनले कांग्रेस सदन चल्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे । ‘कांग्रेसको एउटा मात्रै माग छ, सहकारीको ठगी सन्दर्भमा यो संसदले छानबिन समिति बनाओस्’, उनले थपे ।

छानबिन समितिमा बस्ने विभिन्न दलका प्रतिनिधित्वको ढिँकी जातो गठबन्धनकै हातमा भएको अभिव्यक्ति दिदैँ उनले भने, ‘मलाई कसैले आरोप लगाए छानबिन समिति बनाईदिए हुन्थ्यो भन्ने लाग्छ । समिति बनाएर छानबिन गरे सबैले थाहा पाउँथे कति आनन्द हुन्थ्यो । किन डराको ? किन भागेको ?’ गृहमन्त्री आफैँले नबोलेर कहिले प्रहरी त कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको थापाको आरोप छ ।

उनले रुपन्देहीमा  गृहमन्त्रीविरुद्व भएको अनुसन्धानका प्रमाणहरु आफुसंग भएको पेश गर्न सक्ने दाबी समेत गरे । ‘अहिले मैले कुनै पनि ठाउँमा सहकारीबाट ऋण लिएको छैन भन्ने कुरा गर्दा सहकारीमा आफैँ लिखित गरेर माग फाराम भरेर लिएको पेश गरौँ ? एक अरब रुपैयाँ पैसाको अपचलन गरेका प्रमाणहरु पेश गरौँ ? कति ओटा प्रमाणहरु पेश गरौँ ?’ ती प्रमाण गलत हो भन्ने आफूलाई गलत साबित गर्न थापाले चूनौती समेत दिए ।

‘छानबिन समिति तपाईहरुले बनाउनु । तपाईहरुले नेतृत्व गर्नुहुन्छ । हामीहरु संगै बसेर हेछौँ । हामीलाई गलत साबित गरिदिनुस् । हामी सहि छौ भने हाम्रो कुरा जान्छ । यो गर्दै गर्दा बाँकी रहेका कामहरु अगाडि बढाउँदै जाऊँभन्दा हेप्न खोज्ने सभामुख महोदय?  पेल्न खोज्ने?’, उनलेप्रश्न गरे ।