काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कुनै ऋण मागेको प्रमाण गगन थापाले दिए आफूले राजनीति छाड्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले आफुमाथि गगन थापाले लगाएको आरोपको प्रमाण दिए आफुले राजनीति छाड्ने र प्रमाणित गर्न नसके गगन थापाले राजनीति छाड्न चुनौती दिए ।


ADVERTISEMENT

# # #


आफूमाथिको आरोप प्रमाणित भए राजनीति छाड्न तयार रहेको अवस्थामा संसदीय समिति गठन सामान्य कुरा भएको उनले बताए । संसदीय समिति ठूलो कुरा होइन, मैँले बोल्न पाएको भए कुरा अर्कै रहन्थ्यो, संसदीय समिति बन्ने ठूलो कुरा थिएन मैँले बोल्न मात्रै खोजेको थिएँ’ उनले भने, ‘अब म गगनजीलाई एउटा चुनौती दिन चाहन्छु, मैँले निवेदन दिएर ऋण मागेको भन्ने प्रमाण उहाँले दिनुभयो भने म राजनीति छोड्दिन्छु । होइन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ ।’

उनले मिडिया ट्रायलमा भरमा आफुमाथि कांग्रेसले एकोहोरो खेदो गरेको बताए । लामिछानेले आफूले एकपटक सदनमा बोल्न पाउनुपर्ने र सबै कुरा जनताले थाहा पाउनुपर्ने धारणा राखे ।