काठमाडौं-इंग्लिश प्रिमियर लिग फुटबलमा साबिक बिजेता चेल्सीले वाट्फोर्डसँग लज्जास्पद हार व्यहोरेको छ । सोमबार राति १० खेलाडीमा सिमित चेल्सी अन्तिमको केही समय सम्हालिन नसक्दा वाट्फोर्डसँग ४-१ को फराकिलो अन्तरले पराजित हुँदै तेस्रफ स्थानमा उक्लिने मौका गुमायो ।


ADVERTISEMENT


अवे मैदानमा भएको खेलमा चेल्सी ३० औँ मिनेटमा नै १० खेलाडीमा सीमित भएको थियो । बाकायोको दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी दबाबमा आएको थियो ।


ADVERTISEMENT

# # #


४२ औँ मिनेटमा पाएको पेनाल्टीमा ट्रोय डीनीले गोल गर्दै वाट्फोर्डलाई सुरूवाति अग्रता दिलाए। पहिलो हाफमा १-०ले पछि परेको चेल्सीका लागि ८२ औँ मिनेटमा इडन हजार्डले बराबरी गोल फर्काए । तर त्यसपछि वाट्फोर्डले लगातार तीन गोल गर्दै जित निश्चित गर्‍यो।

खेलको ८४ औँ मिनेटमा डेलर यानमार्टले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए। ८८ औँ मिनेटमा जेरार्ड डेलोफेउले गोल गर्दै अग्रता दोब्बर पारे। इन्जुरी समयको पहिलो मिनेटमा रोबर्टो पेरेराले गोल गरेपछि वाट्फोर्ड ४–१ ले विजयी भयो ।

गएरातिको पराजयसँगै चेल्सीले तेस्रो स्थानमा उक्लिने मौका गुमायो। यता जितपछि २६ खेलबाट ३० अंकसहित वाट्फोर्ड ११ औँ स्थानमा कायम छ ।

शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीको ६९ अंक छ भने दोस्रो स्थानमा रहेको युनाइटेडको ५६ अंक छ । यस्तै समान खेलबाट ५१ अंक भएको लिभरपुल अंक तालिकाको तेस्रो स्थानमा छ ।