काठमाडौँ– काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी मार्गस्थित गएराति भएको ग्याङफाइटमा १ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


शनिबार बेलुकी साढे ७ बजे बत्तिसपुतलीको कुमारी मार्गमा दुई युवा समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पत्थरी शनिस्चरे नगरपालिका— ९ घर भई काठमाडौंको बिजयचोक डेरा गरी २४ वर्षीया शम्भु धिमाल रहेका छन् । प्रहरीले ग्याङफाइटमा संलग्न ४ जना प्रकाउ परेका छन् भने पक्राउ पर्ने सबै नाबालक रहेको खुलेको छ ।

ग्याङफाइटका क्रममा मृतक धिमालको साथी २३ वर्षीय मनिष चौधरी पनि घाइते भएका छन् । धिमालमाथि चक्कु प्रहार हुँदा गम्भीर घाइते भएका थिए । घटनालगतै प्रहरीले उनको उपचारको लागि सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए । अस्पताल पुयाएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

४ जनाको समूह धिमाल र चौधरीसँग ठोक्किँएको निहुँमा परेको विवादले हत्यासम्म हुन पुगेको गरेको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले बताए । एक अर्कालाई समेत नचिनेका उनीहरुमध्ये ३ जनाको समूह राति पार्टी मनाएर फर्कँदै थिए भने बाटोमा उनीहरुले मादक पदार्थ समेत सेवन गरेका थिए । त्यही क्रममा १४ वर्षका अर्का साथी आएपछि ४ जनाको समूह जाँदै गर्दा बाटोमा धिमाल र चौधरीसँग ठोक्किएको थियो ।

सोही क्रममा भनाभन भई झगडा हुँदा ४ जनाको समूहमध्ये एक जनाले धारिलो हतियार चक्कु धिमालमाथि प्रहार गरेका थिए । घटनालगतै गौशाला प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका ४ जनानै नावालक भएकाले प्रहरीले नाम खुलाएको छैन ।

उनीहरुमाथि अनुसन्धान भइरहेको प्रमुख रजौरेले बताए ।