काठमाडौँ– धनौजी गाउँपालिका वडा न.५ को आयोजना एवं विजय लक्ष्मी मिडिया फाउन्डेसनको सहकार्य र प्रस्तुतिमा विभिन्न वडाहरुमा लागु औषध सेबन विरुद्ध को नाटक भइरहेको छ ।


ADVERTISEMENT


धनौजी गाउँपालिकाको श्री बासुदेब माध्यमिक विद्यालयबाट वडा नं ५ का वडाध्यक्ष याकुब कवारीको अध्यक्षतामा शुरु भएको यस कार्यक्रमको उद्घाटन धनौजि गाउँपालिकाको अध्यक्ष राज कुमार साहले गरेका हुन् ।


ADVERTISEMENT

# # #


लागु औषध सेवन विरुद्ध जनचेतना जगाउने उद्देश्यले शुरु भएको यस कार्यक्रममा धनौजि गाउँपालिकाको उपाध्यक्ष रामबति देवि मण्डल, वडा न ३ का वडाध्यक्ष राम नारायण यादब लगायत वडाका सद्स्यहरु, प्रहरि, समाजसेवी, बुधिजिबि हरुको उपस्थिति रहेको थियो ।

धनौजि गाउँपालिकाका कार्यपालिका सद्स्य शिवदेव पण्डितको विशेष सहयोगमा भैरहेको यो कार्यक्रम यस गाउँपालिकाको विभिन्न वडा हरुमा गरिने बताइएको छ ।

कार्यक्रममा वक्ताहरुले लागु औषध सेवनकर्ताहरुको संख्या दिनानुदिन बढ्दै गइहेको र यस कारणले समाजमा विभिन्न किसिमका हिंसात्मक घटनाहरु घटिरहेको ले समयमा यसलाइ न्यूनिकरण गर्न सबै निकायले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका थिए ।

यस नाटक सचेतका निर्देशक एवं कलाकार सन्तोष लाल दासका अनुसार यस नाटकको माध्यमले हाम्रो समाजमा घटिरहेको घटनाको बास्तबिक चित्रण गरि यसबाट पर्ने असर को विषयमा सचेत गराउन यो नाटक प्रस्तुत गरिएको बताए ।

नाटकका कलाकारहरुमा दिलिप घिसिङ, रोहित साह, रुबि मण्डल, आरति साह, अलिसा साह, करण साहले रहेका छन् ।