काठमाडौं– पुतलीसडकस्थीत शंकर देव क्याम्पस प्रमुख डा.कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरुले आफूहरुमाथि लागेको आर्थिक अपचलनको आरोप खण्डन गरेका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुमाथि लगाइएको आरोप प्रमाणित गरेर देखाउन चूनौती दिएका हुन् । शंकरदेव क्याम्पस प्रशान र स्ववियूमाथि क्याम्पस प्रमुख, लेखा प्रमुख र स्ववियु पदाधिकारीसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लागेको थियो ।


ADVERTISEMENT

# # #


शंकरदेव क्याम्पस प्रमुख डा.आचार्यले आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भन्ने आरोपमा आफू सहमत नरहेको बताए । उनले आफू क्याम्पस प्रमुख भएर आउनुअघिको नेतृत्वको काम कारबाहीबारे जिम्मेवार हुन नसक्ने बताउँदै आफ्नो नेतृत्वमा क्याम्पसको सबै काम कारबाही पारदर्शी रहेको दाबी गरे । केही व्यक्तिहरुलेले क्याम्पसबाट अनुचित लाभ लिनका लागि आफूलाई बारम्बार दवाब र दुर्व्यवहार गर्दै आएको पनि उनले जनाए ।

त्यस्तै शंकरदेव स्ववियु अध्यक्ष बस्नेतले शंकरदेव क्याम्पसमा नियमित कक्षा सञ्चालन, गुणस्तरीय शिक्षा, सुद्ध खानेपानी, व्यवस्थित शौचालयलगायत विद्यार्थीहरूका हरेक मुद्दा र समस्या समाधानमा केन्द्रित रहेर आफूहरुले काम गरिरहेको दाबी गरे । आफूमाथि लागेको आरोप सत्यतथ्य छानविन भएर प्रमाणित भएमा आफू कारबाहीको भागिदार हुन तयार रहेको उनको भनाइ छ ।