काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा १ हजार भन्दा बढी युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्नका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।
राष्ट्रपति पौडेलका अनुसार नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने र तीनै तहका सरकार तथा निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिनेछ । स्टार्टअप व्यवसायको विकास र पवद्र्धन गर्न प्राज्ञिक संस्थाहरुसँग सहकार्य गर्ने र निजी क्षेत्रको सहभागितामा सातै प्रदेशमा विजनेस इन्क्यूभेसन सेन्टरको स्थापना गरी स्टार्टअपको विकास र प्रवद्र्धन गरिने उनले बताए ।
यस्तै राष्ट्रपति पौडेलले विदेशबाट फर्किएका युवाको उद्यमशीलताको विकास गरी स्थानीय तहमा साना, लघु, तथा घरेलू उद्योगको प्रवद्र्धन र स्तरोन्नती गरिने बताए । आगामी आर्थिक वर्षमा कम्तिमा १ हजार साना, घरेलू, लघु उद्यमी ब्याजमा अनुदान र प्रविधि उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ ।