रौतहट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रत्यक्ष निर्वाचित सांसद अफ्ताव आलम जनताका तर्फबाट बिश्वमै अनौठो तवरले अभिनन्दित हुने भाग्यमानी नेता बनेका छन् ।


ADVERTISEMENT


मंगलबार रौतहटको डुमारिया गाउँमा पूर्वमन्त्री समेत रहेका आलम पुग्दा चलचित्रको जस्तै दृष्य देखियो, जहाँ एक नेतालाई स्वागत र अभिनन्दन गर्न हजारौँ जनता जयजकार गरिरहेका थिए ।


ADVERTISEMENT

# # #


बुनिलाल नामका स्थानीयको अगुवाईमा आलमको तौल बराबरकै लड्डु बनाएर उनलाई सम्मान गरियो । बेहुली झैँ सिँगारिएको तराजुमा एकातिर आलम र उनी बराबरकै लड्डु राख्दै उनी प्रति जनताले प्रगाढ माया तौलिएका छन् ।

स्थानीयले एकातिर आलम र अर्कातिर लड्डु राखेर तौलँदै नागरिक अभिनन्दन गरेका हुन् । सो लड्डु उपस्थित सबैलाई बाँडिएको थियो ।

जनताले दिएको मायाको तौललाई जीवनकाल सम्म पनि कमी हुन नदिने बरु सर्बसाधारणहरुको भन्दा अझ बढी तौलको सेवा राजनीतिबाट गरिरहने संकल्प गरेका छन् ।

विकास र जनप्रेमी नेताको सज्ञां दिँदै आलमलाई लड्डुसंग जोख्दै मिठो माया दर्शाएको दृष्य अद्भुतपूर्ण देखिन्थ्यो ।