काठमाडौँ– सत्तारुढ दलको बैठक सकिएको छ । आज बिहन सिंहदरबारमा जारी प्रधानमन्त्री पपुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एमाले अध्यक्ष ओली र रास्वपाका सभापति रवि लामिाछनेको छलफल सकिएको हो ।


ADVERTISEMENT


सत्तारुढको छलफलकै समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल आह्वान गरेको विपक्षी दलका बैठक भने नयाँ बानेश्वरस्थित संसद भवनमा जारी  छ । बैठक नसकिएको कारण देखाउँदै कांग्रेसले केही समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ।


ADVERTISEMENT

# # #


बैठकमा कांग्रेसबाट सभापति देउवासहित, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता शशांक कोइराला, जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, राप्रपाका नेताद्वय धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी छन् ।