काठमाडौँ– यस वर्षको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले ‘डोकोभरि माया क्यामपेन’को घोषणा गरेको छ । यस अभियानअन्तर्गत तीन भाग्यशाली विजेताले तीन विशेष उपहार एवं विभिन्न ब्राण्डको खरिदमा ५० प्रतिशत सम्मको छुट पाउने छन् ।


ADVERTISEMENT


यस्तै एक जोडीको लागि काठमाडौंको होटल र्याडिसन, एक जोडीको लागि पोखराको दहिल बुटिक होटल र अर्को एक जोडीको लागि होटल सिङ्गी, काठमाडौंमा रात्रीभोजको उपहार रहेको छ ।


ADVERTISEMENT

# # #


स्मार्टडोकोबाट रु १,००० वा सो भन्दा बढी आफ्नो प्रेम गर्ने व्यक्तिको लागि खरिद गर्ने ग्राहक लक्की ड्र को लागि योग्य हुनेछ । खरिदकर्ताले आफुले किनेको उत्पादनको फोटो वा स्क्रीनसट ह्यासट्रयाक डोकोभरि माया (#DokoBharimaya) को प्रयोग गरी फेसबुक वा इन्सटाग्रममा अपलोड पनि गर्नु पर्नेछ ।

‘डोकोभरि मायाअभियान’ १ फेबु्रअरी देखि १३ फेबु्रअरी सम्म सञ्चालन हुने छ र तीन भाग्यशाली विजेताको नाम १४ फेब्रुअरी मा घोषणा गरिने छ । यस अभियानअन्तर्गत लविममलमा चाँडै नै ‘मल एक्टीभेसन अल्टीमेट अनलाइन’ मेघा स्टोरले गर्दैछ । यस पश्चात सो मलमा भ्रमण गर्नेहरुले मनमोहक गिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्तल गर्न सक्नेछन् ।

घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरि मायाले उत्कृष्ट मूल्यमाविशेष भ्यालेन्टाइन उपहार प्रदान गर्नेछ । ग्राहकले आफुलाई मनपर्ने मोवाइलफोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थ लगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् ।

अब साच्चीनै सपिङ अझ बढी चाखलाग्दो एवम् सजिलो भएको छ र यसको एउटै कारण भनेको स्मार्टडोकोले काठमाडौंको रिङ्गरोडभित्र प्रदान गर्ने निःशुल्क होम डेलिभरी सुविधा हो । यसले काठमाडौ लगायत देशका अन्य सहरहरु पोखरा, धरान, इटहरी, विराटनगर, नारायणघाट, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोडमा पनि डेलिभरी गर्नेछ ।