डोटी – प्रदेश ७ मा राष्ट्रियसभा सदस्यका लागि सुरु भएको मतदान अन्तिम चरणमा पुगेको छ । डोटीको सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा जारी मतदानमा कुल मतदाता मध्ये दुई जनाले मात्रै मतदान गर्न बाँकी छ ।


ADVERTISEMENT


कुल २२९ मत मध्ये २२७ मत खसिसकेको र अब २ मत मात्रै खस्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिएका छन् । उनले आजै अपरान्ह ४ बजेपछि मतगणना सुरु हुने बताएका छन् । पनेरुका अनुसार आज बेलुकी ६ बजेसम्म मतपरिणाम पनि सार्वजनिक भइसक्ने छ ।


ADVERTISEMENT

# # #


प्रदेश ७ का विभिन्न नौ जिल्लाबाट प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु मतदानका लागि सिलगढी पुगेका छन् । एकल संक्रमणीय प्रणालीका आधारमा ७ नम्बर प्रदेशबाट महिला समूहबाट तीन जना र अन्य समूहबाट तीन जना गरी छ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

मुख्य निर्वाचन अधिकृत पनेरुका अनुसार दलित र अल्पसंख्यक–अपाङ्गतर्फ निर्वाचन भएको हो । उनले दलिततर्फ र अल्पसंख्यक÷अपाङ्गतर्फ गरी दुई–दुई जनाले उम्मेदवारी दिएको जानकारी दिए । निर्वाचन कार्यालयका अनुसार दलिततर्फ नेपाली काँग्रेसबाट सेरीराम पार्की र नेकपा एमालेबाट चक्रप्रसाद स्नेहीले उम्मेदवार दिएकाछन् । यस्तै अल्पसंख्यक अपाङ्गतर्फ कांग्रेसका छत्रराज जोशी र नेकपा माओवादी केन्द्रका महेशकुमार महराबीच चुनावी प्रतिष्प्रर्धा भइरहेको छ ।