काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा बढ्दा हो-हल्ला गर्न जरुरी नभएको टिप्पणी दिएका छन् ।


ADVERTISEMENT


बुधवार सिरोहिया प्रकाउसम्बन्धि सञ्चारकर्मीसंग उनले भने, ‘यो अब अदालतले प्रकृया अघि बढाऊँ भनेपछि अदालती प्रकृया बुझेको छु मैले । यो बढ्ता हो–हल्ला गर्न जरुरी लाग्दैन मलाई ।’


ADVERTISEMENT

# # #


सरकारल ेरिसिबी साँध्यो भन्ने आरोप लागेको छ नि ? भन्ने प्रश्नको पूतिउत्तरमा उनले त्यो भनाई गलत रहेको स्पष्ट पारे । ‘त्यो भन्ने कुरा मात्रै हो । उहाँसंग के–को रिसिबी छ र ?’

गृहमन्त्री व्यक्तिगत रुपमै आउनुभयो भन्छन् नि ! भन्ने सवालमा जवाफ फकाउँदै उनले भने, ‘त्यो मान्छे भन्ने कुरा मात्रै हो । अब अदालती प्रकृयाबाट उहाँ निर्दाेष हुनुहन्छ भने त छुट्नु नै हुन्छ, यो हल भई नै हाल्छ !’