काठमाडौँ– काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारस्थित एक घरमा दम्पतीको शव फेला परेको छ ।


ADVERTISEMENT


महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले जनाए ।


ADVERTISEMENT

# # #


उनका अनुसार उनीहरुमध्ये आफ्नै जस्ताको टहरामा श्रीमानको पसल कोठामा र श्रीमतीको भान्छा कोठामा शव भेटिएको थियो ।

टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको बताउँदै डीएसपी श्रेष्ठले भने, ‘घटना विवरण अनुसार उनीहरुको हत्या भएको देखिन्छ । तर कसले किन हत्या गर्‍यो अहिलेसम्म केही खुलेको छैन ।’

स्थानियका अनुसार उक्त घरमा उनीहरु दुई जना मात्रै बस्दै आएका थिए । ढोका खुल्लै रहेको अवस्थामा स्थानियले देखेपछि मंगलबार साँझ ५ बजे प्ररही घटनास्थल पुगेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ,