काठमाडौँ – अमेरिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । आगामी जुन १ देखि अमेरिकामा हुने आईसीसी टी–२० क्रिकेट विश्वकपमा सहभागिता जनाउनका लागि भिसा आवेदन दिएका सन्दीपलाई अमेरिकाले भिसा दिन इन्कार गरेको हो ।


ADVERTISEMENT


अमेरिकाले भिसा नदिएपछि सन्दीपको अमेरिका जाने योजनामा ढिलाई भएको छ । भिसा आवेदन अस्वीकृत भएपछि सन्दीपले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्, ‘र फोरि पनि अमेरिकी दूतावास, नेपालले २०१९ मा जस्तै मलाई अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि भिसा दिन अस्वीकार गरेको छ । यो दसर्भाग्य हो । यसका लागि म नेपाली क्रिकेट समर्थकमा माफी चाहन्छु ।’


ADVERTISEMENT

# # #


बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट जेठ २ गते सफाइ पाएपछि नेपाल क्रिक्रकेट संघ (क्यान)ले सन्दीपलाई नेपाली टोलीमा समेट्ने निर्णय गरेको थियो । त्यसका लागि आईसीसीले समेत अनुमति दिएको थियो ।

तर, भिसा नआउँदा सन्दीप अमेरिका जान पाएका छैनन् । १५ सदस्यीय नेपाली टोली भने बैशाख तेस्रो साता नै अमेरिका प्रस्थान गरिसकेको छ । नेपाली टोलीले वेष्टइण्डिजमा ३ खेलको सिरिज खेली पुनः अमेरिका फर्किएको छ । जहाँ नेपालले २ अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ ।

यता सन्दीपले घरेलू मैदानमै अभ्यास गरिरहेका छन् । भिसा पाउने बित्तिकै उनी अमेरिका उड्नेछन् ।

आगामी जुन १ देखि अमेरिका र वेष्टइण्डिजमा सुरु हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’मा रहेको छ । जहाँ नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड समेत रहेका छन् ।

नेपालले विश्वकपको पहिलो खेल जुन ४ मा नेदरल्याण्डविरुद्ध खेल्नेछ ।