जनकपुरधाम – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको साधारण तारेखमा माग गर्दै जनकपुरधामका मेयर मनोज कुमार साह नै धर्नामा बसेका छन् ‌।


ADVERTISEMENT


सिरोहिया पक्राउमा विरोध जनाउँदै उनी केही स्थानियहरुसहित धर्नामा बसेका हुन् । नागरिकता नम्बरमा फरक हुनु सिरोहियाको नभई प्रशासन कार्यालयको त्रुटि रहेको उनको दाबी छ ।


ADVERTISEMENT

# # #


‘नागरिकता नम्बरमा फरक छ भने त्यो त जिल्ला प्रशासन कार्यालयको त्रुटि हो । यसमा सिरोहिया जीको के दोष रु उहाँ त जनकपुरवासी हुनुहुन्छ । नेपाली नागरिक हुनुहुन्छ’, उनले भने ।

राज्यले भूगोलका आधारमा जनकपुरधाम र मधेशसँग विभेद गरिरहेको उनको आरोप छ । उनले राज्यले विभेदपूर्ण सिरोहियामाथि ढंगले चलाएको मुद्दा खारेज गर्नुपर्ने माग पनि गरे ।