काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले गणतन्त्रको निर्वाचन प्रणालीले मुलुकमा सरकारमा स्थिरता कायम नभएको बताएका छन् ।


ADVERTISEMENT


 

बिहिवार मकवनापुरस्थित थाहा नगरपालिका–७ स्थित श्री चन्द्र सूर्य सामुदायिक संस्था नेपालको निर्माणाधीन भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


वर्तमान परिप्रेक्ष्यमा जनतामा दिनप्रति दिन निराशा बढिरहेको बताउँदै उनले शान्ति कायम राख्दै सो निराशा हटाउन नेपाली कांग्रेस कटिबद्व रहेको उनले स्पष्ट पारे ।

यस्तै, कार्यक्रममा बोल्दै सभापति बानियाँले भवन निर्माणमा संलग्न सम्पूर्णमा हार्दिक आभार प्रकट गरे । हाल शिलान्यास भएको भवन लक्ष्यभन्दा केही ढिलो भएको भन्दै उनले अर्काे नयाँ आर्थिक बजेटमार्फत समयमै उद्घाटन गरिने बताए ।

सो क्रममा उनले त्यहाँको स्थलगत भ्रमण समेत गरेका छन् ।