काठमाडौँ – सरकारले चालू आर्थिक वर्ष २०८०/८१ मा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ ।


ADVERTISEMENT


आइतबार प्रतिपक्षी सांसदको नारावाजीकाबीच प्रतिनिधिसभामा चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री बर्षमान पुनले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको बताउनुभयो ।


ADVERTISEMENT

# # #


उहाले चालू आर्थिक वर्ष कुल लगानी २ दशमलव ८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान रहेको बताए । त्यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ भने चालू आर्थिक बर्षको फागुनसम्म औसत मुद्रा स्फीतिदर ६ दशमलव ०८ प्रतिशत रहेको बताए ।

चालू वर्षको फागुनसम्म सङ्घीय सरकारको राजश्व सङ्कलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको भन्दै उनले संघीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको जानकारी दिए । फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको रकूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको उनले बताए ।

त्यस्तै अर्थमन्त्री पुनले फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ बढेको, बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल बढेको जानकारी दिए । उनले मुलुकको आर्थिक अवस्था क्रमश सुधार हुँदै गएको जानकारी दिए ।