काठमाडौँ – सहकारी पीडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् ।


ADVERTISEMENT


आफुहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पीडितहरुले सोमबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन् ।


ADVERTISEMENT

# # #


सहकारीमा आफूहरुले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने भन्दै सहकारी पिडितहरुले माइतिघरमा धर्ना दिदै आएका छन् ।

उनीहरुले सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा सहकारी पीडितहरुले माइतीघरमा रिले अनशन समेत सुरु गरेका छन् ।