सुनसरी – कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाको निरीक्षण भ्रमण गरेका छन् ।


ADVERTISEMENT


एसपी विपीन रेग्मीको नेतृत्वमा रहेको सुनसरी जिल्लाको शान्ति सुरक्षा, प्रहरी कार्यालय, जनशक्ति तथा स्रोत साधनहरूलाई चुस्त दुरूस्त र प्रभावकारी बनाउन डीआईजी खापुङको उपस्थितिमा रणनीतिक योजना समेत तर्जुमा भएको बुझिएको छ ।


ADVERTISEMENT

# # #


निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्दै जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिए । निर्देशनको क्रममा उनले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ–आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने विभिन्न अपराधिक गतिविधि नियन्त्रणमा लाग्न निर्देशन दिए ।

साथै उनले चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सीमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको व्यवस्था मिलाउनका साथै सवारी दुर्घटना न्यूनीकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिए ।

एसपी रेग्मी नेतृत्वको सुनसरी प्रहरीलाई प्रभावकारी र अब्बल प्रहरीका रूपमा हेरिएको जनस्तरबाटै प्रतिकृयाहरू आएका छन् ।