काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले यही असारभित्रै संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको बताएका छन् ।
सोमबार विराटनगरमा आयोजित संघीयता, लोकतन्त्र र कानुनी शासन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले कर्मचारीहरुको मनोबल उच्च बनाउने गरी संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले कर्मचारीहरुको सल्लाह र सुझाव अनुसार नै संशोधन विधेयक आउने भन्दै कर्मचारीबीच हुने विभेद कानुनी रुपमा नै पूर्ण रुपमा अन्त्य गर्ने दाबी गरे ।
त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश र स्थानीय तहहरुले राजनैतिक संघीयता पाएपनि प्रशासनिक र वित्तीय संघियता अझै नपाएको बताए । संघले प्रदेशमा हस्तक्षेप गरेका कारण प्रदेश संचालनमा समस्या आएको उनले बताए ।
कार्यक्रममा संघीयताको उद्देश्य, आवश्यकता र कार्यान्वयनको स्थितिबारे छलफल गरिएको थियो ।