काठमाडौँ – नेपाली कांग्रेसले संसदीय छानबिन समितिका विषयमा पार्टीले राखेको अडान कायमै राख्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिको कार्यादेशमा रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले कार्यदल र प्रधानमन्त्रीसंग भएको छलफलका बारेमा पार्टी पदाधिकारी बैठकमा छलफल भएको बताए ।


ADVERTISEMENT

# # #


उनले अब प्रधानमन्त्रीसंग हुने छलफल पनि कांग्रेसले अघि सार्दै आएको मागका बारेमा नै अडान राख्ने निर्णय भएको जानकारी दिए । परियारले विगतदेखि राख्दै आएका कुरालाई अघि सार्ने र सहमतिको बिन्दु खोज्ने प्रयास गर्ने बताए ।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धुका विषयमा पहिला एमाले अध्यक्षले नै कांग्रेसमाथि आरोप लगाएकाले त्यसको प्रतिवाद गरेको बताए । उनले कसैमाथि लागेको आरोपको प्रतिवाद गर्ने छुट सबैलाई भएको भन्दै आफुले तथ्यसहित गिरिबन्धुका विषयमा धारणा राखेको उल्लेख गरे ।

यसअघि सोमबार नै बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा एमालेका नेताहरुले केपी ओलीमाथि कांग्रेसले प्रायोजित पूर्वाग्राही तथ्यहीन गलत आरोप लगाएको भन्दै लिखित रूपमा क्षमायाचना गर्नुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने जनाएका थिए ।