काठमाडौं-चिकित्सक शिक्षा जाँचबुझ आयोगले नेपाल मेडिकल काउन्सिलका पुर्वरजिस्ट्रार नीलमणि उपाध्यायमाथि पदको दुरुपयोग गरी सम्बन्धन तथा सिट निर्धारणमा चलखेल र अनियमितता भएको ठहर गरेको छ ।


ADVERTISEMENT


पहिलो कार्याकाल विवादास्पद हुँदाहुँदै दोस्रोपटक काउन्सिलको रजिस्ट्रार बनेका उपाध्यायमाथि भ्रष्टाचारमा समेत छानविन गरी कारवाही गर्न आयोगले सिफारिस गरेको छ ।


ADVERTISEMENT

# # #


जाँचबुझ आयोग भन्छ पुर्वरजिस्ट्रार उपध्यायलाई प्रशासनिक कारबाही गरेर मात्र पुग्दैन, भ्रष्टाचारमा छानविन गरी कारवाही गर्नुपर्छ ।

प्रतिवेदनमा उपाध्यायले एकै अवधिमा दुई सरकारी पदमा रही दोहोरो सुविधा लिएको भन्दै उनीमाथि भ्रष्टाचारमा समेत छानविन गरी कारवाही गर्न भनिएको छ ।-आजको कान्तिपुरबाट