काठमाडौँ – एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज शाखा नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भएको हो।


ADVERTISEMENT

# # #


बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहक महानुभावहरुलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ्ग सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ । साथै, उक्त नवनिर्मित भवनमा ग्राहकहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले क्यास डिपोजिट मेसिन, केआईओएसके मेसिन, क्यास रिसाइक्लर मेसिनजस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ्ग कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ्ग हल समेत सञ्चालनमा ल्याएको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।