काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रको रुपान्तरण गर्ने गरि आगामी आर्थिक बर्षको बजेट ल्याएको बताएका छन् ।


ADVERTISEMENT


आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार काठमाडौंमा आयोजना गरेको बजेट छलफल कार्यक्रममा मन्त्री पुनले सवैका साझा सोचबाट मुलुकको आर्थिक अवस्था सुधार गर्ने गर्ने गर मुलुकको अर्थतन्त्रको बृहत रुपान्तरण गर्ने गरि बजेट ल्याएको बताए ।


ADVERTISEMENT

# # #


उनले बजेटमा प्रतिपक्षी दलहरुको समेत सकारात्मक प्रतिक्रियाले आफु थप उत्साहित भएको धारणा राखे । सदनमा लगातार प्रतिपक्षीको विरोधका बजेट बजेट ल्याउन निकै गाह्रो अवस्था रहेपछि अन्तिम प्रधानमन्त्रीको पहलले सदनको गतिरोध अन्त्य भएको र तथ्यमा आधारित बजेट ल्याउन सकिएको उनले बताए ।

मन्त्री पुनले स्वदेशी उत्पादनलाई सुरक्षित राख्दै उद्योगहरुलाई पनि संरक्षण गर्ने नीति सरकारले लिएकाले निजि क्षेत्र आतिनुपर्ने अवस्था नरहेको धारणा राखे ।

उनले करका दर हेरफेरमा मिश्रित प्रतिक्रिया आएको भन्दै निजी क्षेत्रसंग छलफल गर्दै अघि बढ्ने जिकिर गरे ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले अघि सारेको आर्थिक सुधारको बिषयलाई सरकारले बजेटमार्फत सम्बोधन गरेको बताए । उनले अब बजेट कार्र्यान्वयनमा विशेष ध्यान दिन सुझाए । मर्जर र एक्विजिसनको सुविधा अहिलेको बजेटले काटेको र यसले नकारात्मक सन्देश दिने भएकाले यसलाइ सुधार गर्ने उहाले विश्वास व्यक्त गरे ।

त्यस्तै अन्य निजी क्षेत्रका प्रतिनिधिहरुले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने र निजी क्षेत्रको समस्या समाधान गर्दै मुलुकको आर्थिक अवस्था सुधारमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।