काठमाडौँ – सडक डिभिजन कार्यालयले फुटपाथ विस्तारका लागि खनिएको न्यूरोड क्षेत्रको सडकमा कालोपत्रे गरेको छ ।


ADVERTISEMENT


मापदण्ड अनुसार नभएको भन्दै काठमाडौं महानगरले न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दायावाया सडक काटेको थियो । महानगरको कदम कानुन विपरित भएको भन्दै सडक डिभिजन कार्यालयले सो क्षेत्रको सडक मर्मत गर्दै पुन कालोपत्रे गरेको हो ।


ADVERTISEMENT

# # #


कालोपत्रे गर्ने क्रममा काठमाडौं महानगरका नगरप्रहरीले रोक्न खोज्दा केहीबेर विवाद भएको थियो । स्थानीयहरुले सडक कालोपत्रे गर्न दिनुपर्ने भनेपछि महानगर प्रहरी पछि हटेका थिए ।

सरकारी निकायहरु सडक डिभिजन कार्यालय र काठमाडौं महानगरबीच आपसी समन्वयन नहुदा समस्या देखिएको स्थानीयहरुले बताएका छन् । उनीहरुले सवैको सहमतिमा हुने कामको कसैले विरोध नगर्ने भन्दै एकलौटी बलमिच्याइ भएका कारण अहिले विवाद भएको जिकिर गरे ।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै विशालबजार क्षेत्र अगाडिको सडकको कालोपत्रे काटेको थियो । तर महानगरको कदम कानूनबिपरित भएको भन्दै सडक डिभिजन कार्यालयले सडक मर्मत गर्न निर्देशन दिए पनि सो अनुसार काम हुन नसकेपछि कार्यालय आफैले सडकमा कालोपत्रे गरेको हो ।