काठमाडौँ – नेपाली क्रिकेट टीमको सम्मान स्वरुप रास्वपा सांसदहरु क्रिकेट जर्सी लगाएर प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।


ADVERTISEMENT


मंगलबार रास्वपाका सवै सांसदहरु क्रिकेट जर्सी लगाएर संसद बैठकमा सहभागी भएका हुन् । उनीहरुले नेपाली टिमलाई जीतको शुभकामना पनि दिएका छन् । नेपाली टीम विश्वकपमा सहभागी हुनु राष्ट्रकै गौरव भएकाले उनीहरुलाई साथ र समर्थन दिनका लागि जर्सी लगाएर सदनमा सहभागी भएको रास्वपा सांसदहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीले आज आफ्नो पहिलो खेल नेदरल्याण्डविरुद्ध खेल्दैछ । खेल आज राती नेपाली समय अनुसार ९ः१५ बजे सुरु हुनेछ ।