एजेन्सी – भारतमा लोकसभा निर्वाचनको भत गणना भइरहेको छ । यसैबीच संघीय सरकारकी मन्त्री तथा भारतीय जनता पार्टीकी प्रभावशाली नेतृ स्मृति इरानीले हार स्वीकार गरेकी छन् ।


ADVERTISEMENT


उत्तर प्रदेशको अमेठी सिटमा लोकसभा सदस्यका लागि उम्मेदवार बनेकी इरानीको हार निश्चित बनेपछि त्यसलाई स्वीकार गरेकी हुन् । उनी कांग्रेसका किशोरी लाल शर्मा भन्दा १ लाख ६५ हजार मतले पछाडि रहेकी छन् ।


ADVERTISEMENT

# # #


यसैसन्दर्भमा स्मृतिले मंगलबार साँझ पत्रकार सम्मेलन गरेकी छन् । जस क्रममा उनले अमेठीमा बीजेपी नेता र कार्यकर्तालाई धन्यवाद दिएकी छन्।

स्मृति इरानीले भनिन्, ‘आज म नरेन्द्र मोदी र योगी जीप्रति कृतज्ञता व्यक्त गर्दछु। हामीले ३० वर्षको काम ५ वर्षमा पूरा गर्यौं। जित्नेहरूलाई बधाई।’

उनले थपिन्, ‘जस्तै भक्तिका साथ गाउँ–गाउँ गयौं, त्यसैगरी सेवालाई निरन्तरता दिने आशा गर्छु। सङ्गठनलाई अझ मजबुत पार्नेछौं। अटलजीले भन्नुहुन्थ्यो– जित होस् वा हारमा मलाई अलिकति पनि डर लाग्दैन। संघर्षपथमा बाटोमा जे पाइन्छ, त्यो पनि राम्रो हुन्छ।’