काठमाडौँ– दुई उपप्रधानमन्त्रीको बरियताको टुंगो नलागेपछि आज पनि मन्त्रिपरिषद्को वैठक बस्न सकेन। प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधी र कमल थापाको वरियताक्रम विवाद मिलाउन प्रयास गरेपनि कुरा नमिलेपछि बैठक स्थगित गरी चैत २७ गते बस्ने निर्णय गरिएको छ।


ADVERTISEMENT


प्रधानमन्त्रीले यसबारे उपप्रधानमन्त्रीद्वय निधी र थापाका साथै काँग्रेस सभापति शेरबहादुरसँग कुरा गरेपनि वरियताको विषय टुंगो नलागेको स्रोतले जनाएको छ। केही समयअघि सहभागी भएका राप्रपा अध्यक्ष थापाले आफू निधिभन्दा पहिले उप्रधानमन्त्री भएको भन्दै चैत पहिलो साता बसेको मन्त्रिपरिषद बैठकमा दोस्रो वरियतामा आफूलाई राख्न लगाएका थिए।


ADVERTISEMENT

# # #


चैत ४ गते दिल्ली भ्रमणबाट फर्किए लगत्तै कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाललाई बेग्लाबेल्लै भेटेर निधिले वरियताक्रममा आफूलाई थापाभन्दा तल राखिएमा मन्त्रिपरिषदमा बस्न नसक्ने जानकारी गराएका थिए। यसपछि उनीहरुबीच विवाद बढेको हो।