काठमाडौँ– मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिने भनिएको विश्वासको मतको मिति सरेको छ ।


ADVERTISEMENT


दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाएका यादवले सो अघि नै स्वास्थ्यवस्थाको कारण देखाउँदै २८ जेठमा मात्र विश्वासको मत लिने जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका मुख्यमन्त्रीको स्वास्थ्य अवस्था ठीक नभएको भन्दै आगामी बुधबार मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराए ।

३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण यादवमाथि ३० जेठसम्म विश्वासको मत लिनुपर्ने दबाब छ । उनीसंग बहुमत पुग्ने दल (सांसद)को समर्थन नदेखिएका कारण मधेशमा जसपा नेतृत्वको सरकार बहिर्गमन हुने सम्भावना बढेको छ ।