काठमाडौँ– नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ ।


ADVERTISEMENT


बिहिबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु प्रकरणका कांग्रेसमाथि विभिन्न आरोप लगाउने प्रयास भएको भन्दै उक्त प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेसले बेचेर ७० बिघा खायो भन्ने एमाले अध्यक्षको अभिव्यक्ति प्रमाणित गर्न र कांग्रेसलाई दण्डित गर्न उहाले गृहमन्त्रीलाई आग्रह समेत गरे । शर्माले गिरीबन्धुको फाइल खोल्न नभइ यस विषयमा बोल्न समेत गृहमन्त्रीले नसक्ने तर्क गरे ।

उनले गिरिबन्धुमा विषयमा एमालेले कांग्रेसमाथि आरोप लगाएपछि त्यसको जवाफ मात्रै आफूहरुले दिएको बताए । त्यस्तै शर्माले सहकारी प्रकरणमा गठित छानबिन समितिको कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख नभएपनि गोर्खा मिडियाको अपचलन भन्ने शव्दले गृहमन्त्रीमाथि पनि छानबिन हुने जिकिर गरे ।

उनले देशको प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा संख्यातन्त्रको जित भएको र सभामुखले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उल्लेख गरे । साथै कांग्रेस महामन्त्री शर्माले न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन काठमाडौं महानगरले गरेको काम ठिक रहेको भन्दै संघको सरकारले हस्तक्षेप गर्न नहुने राय समेत राखे ।

यस्तै उनले क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकपमा सहभागिता जनाउनका लागि अमेरिकाको भिसा नपाएको बारे समेत संसदमा आवाज उठाएका छन् । नेपालको अदालतले सफाइ दिइसकेको अवस्थामा पनि अमेरिकाले भिसा नदिनु सही नभएको भन्दै उनले सन्दीपलाई समयमै भिसा दिलाउन खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालय सक्रिय नभएको भन्दै आलोचना गरे ।