काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण आगामी निर्वाचनसम्म नै अघि बढ्ने बताएका छन् ।


ADVERTISEMENT


एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अहिलको समीकरणको मुख्य साझेदार एमाले भएकाले समीकरणलाई मिसन ०८४ सम्मलाई निरन्तरता दिन चाहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सरकारले जनताको अपेक्षा अनुसार मुलुकको संकटलाई समाधान गर्ने हिसाबले प्रभावकारी बनाउन सुझाव दिने गरेको भन्दै यसलाइ विरोधका रुपमा बुझ्न नहुने धारणा राए । बजेटका बिषयमा सत्ता साझेदार दलसंग छलफल भएको भए अझै राम्रो बनाउन सकिने एमालेको धारणा रहेको भन्दै यसलाई सुझावका रुपमा लिनुपर्ने उनको भनाइ छ ।

महासचिव पोखरेलले बजेटका बारेमा पार्टीका नेताहरुबाट जेजस्ता धारणा आए पनि आफूहरु बजेटका विपक्षमा नजाने स्पष्ट पारे ।

उनले बजेटमार्फत राजस्वको लक्ष्य र आकारमा सन्तुलन नमिल्दा बाह्य तथा आन्तरिक ऋण लिनुपर्ने अवस्था देखिएको र यसको असर प्रत्यक्ष उपभोक्तामा पर्ने जिरिक गरे ।