चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि चितवनको माडी नै भएको जिकिर दोहोर्‍याएका छन् ।


ADVERTISEMENT


एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे । ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन’ उनले भने, ‘कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’


ADVERTISEMENT

# # #


आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्यापुरीमा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उनले व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताए ।

ओलीले २०७७ सालमा प्रधानमन्त्री भएको बेला पहिलो पटक भगवान् रामको जन्मभूमि चितवनको माडीमा भएको दाबी गरेका थिए । त्यसपछि उनले २०७८ को बैशाख पहिलो साता चितवन माडीको अयोध्यापुरीमा बुधबार राम नवमीका दिन ‘भगवान’ राम, सीता तथा लक्ष्मण र हनुमानको मुर्ति स्थापना गराएका थिए ।