काठमाडौँ – कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय (MSMEs) वित्तीय साक्षरता कार्यक्रमका लागि ‘यूएसएड’सँग सम्झौता गरेको छ ।


ADVERTISEMENT


यस सम्झौता अन्तर्गत ‘यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेस’ ले बैंकलाई नेपालभरका MSMEs माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १०,००० नयाँ MSMEs लाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तिय सहयोग गर्ने छ ।


ADVERTISEMENT

# # #


कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्नालाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।